नेपाल फ्रेन्डसिप काउन्सिल भनेको नेपाल र नेपालीहरुलाई माया गर्ने विदेशीहरुलाई समेटेर एनआरएनए जस्तै गरि बिश्वका हरेक देशमा गठन गरिने सामाजिक संरचना हो। जुन देशमा एनआरएनए हुन्छ, त्यहा नेपाल फ्रेन्डसिप काउन्सिल पनि निर्माण हुनेछ । यो संस्था संम्वन्धित देशको नियम कानुन अन्तर्गत समाजिक संस्थाको रुपमा दर्ता भई काम गर्ने छ। एनआरएनए र फ्रेन्डसिप काउन्सिल वीच निरन्तर रुपमा परस्पर सहयोग र सहकार्य का आधारमा सामाजिक गतिविधीहरु संचालन गरिनेछन। फ्रेन्डसिप काउन्सिल मा हामीहरू आफु वसेको देशमा इन्टीग्रेसन गर्ने विषयमा व्यापक छलफल हुनेछ। भाषा सिकाउने कुराहरू यै काउन्सीलले गर्नेछ। विदेशीहरूलाइ नेपालीको संस्क्रीती र नेपालीलाइ आफु वसेको देशको संस्क्रितीमा मिसिएर नयाँ समाज निर्माणको कुरा हुनेछ।
नेपाल फ्रेन्डसिप काउन्सिलका मुख्य उद्देश्य निम्न अनुसार रहने छ।
नेपाल फ्रेन्डसिप काउन्सिलको नेतृत्व हाम्रा विदेशी मित्रहरु अथवा नेपाली मुलका तर बिदेशमै जन्मिएर विदेशी नागरिकता लिएका दोश्रो तथा तेश्रो पुस्ताका एनआरएनहरुले मात्र गर्ने छन। पहिलो पुस्ताका नेपालीहरुले एनआरएनए संचालन गर्ने छन भने नेपाल संग सदभाव राख्ने, खासगरिकन एनआरएनहरु संग सहकार्य गरेर नेपाल र एनआरएनहरुको हितमा सहकार्य गर्न चाहने विदेशीहरुले एनआरएनहरु संग मित्रता र सहकार्यका आधारमा नेपाल फ्रेन्डसिप काउन्सील संचालन गर्ने छन। यो फ्रेन्डसिप काउन्सीलमा विदेशीहरु र विदेशमै जन्मिएका दोश्रो पुस्ताका नेपाली मुलका एनआरएनहरु सक्रिय सदस्य हुनेछन भने हामी पहिलो पुस्ताका एनआरएनहरु पर्यवेक्षकको रुपमा रहनेछौ ।
एनआरएनएमा हामी पहिलो पुस्ताका नेपलीहरुमात्रै सक्रिय छौ । यस्मा हामीलाई जे आउछ त्यै गर्छौ। समाज सेवा, राजनिती, पद, प्रतिष्ठा, आपसी भातृत्व, भाषण, भेला, सास्कृतिक मनोरन्जन आदि इत्यादि। नियम कानुनका कुराहरु कम, अनि भावनाका कुराहरु बढी । अर्थात राम्रा, नराम्रा सवै कुराहरु यस्मा पर्दछन । समग्रमा भन्दा हामीले एनआरएनए लाई नेपालमय बनाएका छौ र हाम्रा लागि यो हरेक देशमा नेपालको प्रतिविम्व जस्तै भएको छ। यो नेपालमय वनाउने कुरा हाम्रा लागि त राम्रै पनि होला । तर के यो नेपालमय एनआरएनए हाम्रा सन्ततीको पनि समाज बन्न सक्छ त? त्यस्तो कदापी हुन सक्दैन। के विदेशमा जन्मेका हाम्रा सन्तानहरुको समाज अहिलेको एनआरएनए समाज हो त ? के हाम्रा सन्तानहरु हामी जस्तै सत प्रतिशत नेपाली बन्न सक्छन ? यो प्रश्नमा हामी सवैको छोटकारी उत्तर एउटै हुन्छः सक्तैनन। त्यसो भए के उनीहरु विदेशी समाज संग मात्र सरोकार राख्छन त? त्यस्को उत्तर पनि होइन भनेर छोटकरीमा स्पस्ट पार्न सकिन्छ। जस्तो कि मेरा सन्ततीहरु जर्मनीमा जन्मिएर हुर्किदैछन । अव उनीहरु न त सत प्रतिशत नेपाली नै हुन नत उनीहरु जर्मन नै। त्यसैले म आज प्रश्न गरिरहेको छु, मेरा सन्तती हरुलाई आफ्नोपन महशुश हुने त्यो नेपाल जर्मन मिश्रीत समाज खै कहां छ? तर उत्तर म संग छैन । हाम्रा सन्ततीहरुलाई मिश्रीत समाज चाहिएको छ । के हाम्रा सन्ततीको भविश्यलाई हेरेर नेपाली र बिदेशी संस्कृती को समिश्रण भएको मिश्रीत समाज वनाउन पहल गर्ने कि नगर्ने ? इतिहासले सुम्पेको नेपालीहरुको प्रवासी समाज निर्माण गर्ने यो एतिहासिक दायित्व पुरा गर्न एनआएन फ्रेन्डसिप काउन्सिलको आवश्यकता परेको छ। जसरी एउटा सिक्का वन्न त्यस्का दुइपाटाहरु चाहिन्छन, ठीक त्यसरी हाम्रा सन्तीतीको लागि चाहिने समाज वनाउन दुइटै पक्षको आवश्यकता छ। हामी नेपाली र हामी संग सहकार्य गर्न चाहने विदेशिरु। हामी पहिलो पुस्ताका नेपालीहरु मिश्रीत समाजको एउटा पक्ष मात्र हौ । सिक्का लाई दोश्रो पाटोको जररुरत भए जस्तै मिश्रीत समाज वनाउन विदेशिहरुको आवश्यकता छ। त्यसैले हामी वसेकै देशमा वसोवास गर्ने अनि नेपाल लाई वुझ्ने र माया गर्ने विदेशिहरु लाई समेटेर नेपाल फ्रेन्डसिप काउन्सील बनाउनमा ढिलाइ नगरौ ।
नेपाल फ्रेन्डसिप काउन्सिल गठन भैसके पछि हामिलाई हुने ठुलो फाइदा भनेको यस्ले एनआरएनएलाई आर्थीक रुपमा पुर्ण सवल वनाउने छ। हामिले चन्दा उठाएर वांच्नु पर्ने दिनको अन्त्य हुनेछ। हरेक देशमा इमिग्रेन्ड्सहरुको मुद्दामा सहयोग पुर्याउन प्रसस्त सरकारि फन्डहरु हुन्छन। तर हामी संग अहिले भाषाको समस्या र कार्यशैलीको समस्या र अन्य बिभिन्न कारण ती फन्डमा हाम्रो पहुच छैन। तर फ्रेन्डसिप काउन्सिल भए त्यहाका विदेशि मित्रहरुले ती सरकारी फन्डहरुमा पुग्ने वाटो देखाएर हाम्रो पहुच लाई सरल वनाई दिनेछन। अनि हामीले चन्दा मागेर वा ठुलो ठुलो रकमको उमेदवारी शुल्क लगाएर एनआरएन चलाउनु पर्ने दिनहरुको अन्त त हुनेनै छ साथ साथै नेपालमा सामाजिक कार्यहरु संचालन गर्न प्रसस्त फन्डहरु पनि मिल्न सक्नेछ । जस्तो कि जर्मन सरकारले इमिग्रेन्टसहरु मार्फत उनीहरुको मुली देशमा परोपकारी कार्यमा वर्षेनी ५० हजार युरो वरावरको सहयोग गर्न सक्छ। तर त्यस्का लागि लेखपढ गर्नु पर्ने धेरै बिषयहरु हुन्छन र जर्मनमै प्रोजेक्ट तयार गर्नु पर्ने हुन्छ। टुरिज्म र आर्थिक लगानीको क्षेत्रमा पनि हामीहरु फ्रेन्डसिप काउन्सलि मार्फत निकै ठुलो फड्को मार्न सक्छौ ।
यो प्रश्नको उत्तर मैले भन्दा पनि अग्रज अभियन्ता मित्रहरुले राम्रो संग दिनुहुन्छ जस्तो लाग्छ। तर मैले वुझे अनुसार विदेशिहरुलाई एनआरएनएमा समेटन नेपालको कानुन ले दिदैन। नेपालको कानुनले नदिए उनीहरुले आईसिसीका गतिबिधीमा भाग लिन पाएनन। आइसिसीका गतिविधीमा भाग लिन नपाए एनसिसी मा देशि र विदेशी गरि दुइ थरि सदस्यता राख्नु पर्ने भयो, जुन डिस्क्रिमिनेसन अर्थात भेदभावको चरम नमुना हुन जान्छ। मान्छेले सवै सहन्छ, तर भेदभाव सहन सक्दैन। यसपाली हाम्रो जर्मनीमा यस्तै भयो । एक जना एनआरएनकी श्रीमती तर जर्मन मुलकी महिलाले एलसीसीमा उपाध्यक्ष हुन चाहनु भयो र आफ्नो उमेदावरी पनि दिनु भयो । नियम अनुसार उहालाई एनआरएनएको सदस्यता दिन मिलेन । अनि स्थानिय नियम अनुसार र नेपाली परम्परा अनुसार उनको उमेदवारी रद्द गर्न पनि मिलेन । परिवारका एक सदस्य वावुले एनआरएनएको सदश्यता लिन मिल्ने, अनि परिवारके अर्को सदस्य यानीकि आमा चाहि सदस्य वन्न नमिल्ने ? आमाले विदेशी भएपनि सहयोग भने गरिरहनु पर्ने ? यो अवस्थामा उहाका छोराछोरीहरुले हाम्रो अपुर्ण संरचनाका कारण कस्तो भेदभाव महशुस गरेहोेलान ? एक छिन सोचौ त मित्रहरु । म स्वंय उक्त एलसीसीको निर्वाचन प्रमुख संयोजक भएकोले सवै प्रतक्ष्य भोगे। के गर्ने ? के नगर्ने ? केहि थाहा भएन। सधै भरि असमानता र भेदभावको विररुध्दमा अवाज उठाउने मान्छे यस्पाली विदेशि मुलकी ती नेपाली आमालाई सम्मानका साथ एलसीसीको उपाध्यक्ष पदमा स्वागत गर्न सकिएन। केहि गर्न नसकेर लाचारिपन देखाउन परेकोमा निकै ठुलो पिडा महशुस गरे। त्यसैले एनआरएनएमा नेपाली र विदेशीलाई एकसाथ सदश्य वनाउन सकिने अवस्था छैन।
विदेशिलाई एनआरएनएमा संगठित गर्न नसकिने अरु पनि धेरै कारणहरु छन। जस्तो की भाषागत, शैलीगत कारणहरु। विदेशिले वियोन्ड २०२० मा भने जस्तो अग्रेजीमा मात्र संम्वाद गर्न खोज्लान । हामी नेपालीमा संम्वाद गर्दछौ। विदेशिले सवै योजनामा चल्न खोज्लान, हामी हाम्रा काम गर्ने शैली नेपालको जस्तै राख्न चाहन्छौ। कुरा गर्ने, छलफल गर्ने, झगडा गर्ने र अन्त्यमा केहि सिप नलागे मात्र वल्ल सहमती गर्ने । यी सवै पक्षलाई केलाएर हेर्दा नेपाली र नेपाल संग सहकार्य गर्न चाहने विदेशिहरु लाई संगै संगठित गरेर अघि वढने हो भने एनआरएनए र नेपाल फ्रेन्डसिप काउन्सील सामानान्तर किसमले चलाउनु पर्दछ। एनआरएनएको नेतृत्व नेपाली मुल सदस्यता दिदा एनआरएनए र नेपाल फ्रेन्डसिप काउन्सिलको सदस्यता एक साथ वितरण गर्ने व्यवस्था गरौ। नेपाली मुलका भए सदस्यतामा एनआरएनए लेखौ , विदेशिमुलका भए एन आरएन फ्रेन्डसिप काउन्सील(एनएफसी) लेखौ। यसरी वाहिर हेर्दा नेपाल फ्रेन्डसिप काउन्सील र एनआरएनए एउटै जस्तो पनि देखिन सकिन्छ कहिले काहि किनकी यिनीहरु दुवैका उद्देश्य एउटै हुन्छन । तर नेतृत्व तहमा भने एउटा नेपालीहरु वस्छन भने अर्कोमा बिदेशीहरु ।